आर्थिक अनियमितता लुकाउन एन्फा नेतृत्वको प्रयास

आर्थिक अनुशासनको कारण विवादमा परेको अखिल नेपाल फुटबल सङ्घ(एन्फा) नेतृत्व कार्यसमितिको बैठक बस्न डराएको छ । यसै डरका कारण २० माघमा भर्चुअल बैठक डाकेको एन्फा नेतृत्व दबाबका कारण भौतिक बैठकका लागि तयार भएको हो ।
सङ्घका वरिष्ठ उपाध्यक्ष पङ्कज नेम्बांग, उपाध्यक्ष वीर बहादुर खड्का, उपाध्यक्ष कृष्ण थापा, सदस्य तथा पूर्व प्रवक्ता  किरण राई, सदस्य दिनेश व्यञ्जनकार, निरोज खड्गी  र दावा लामा, लगायतले भौतिक बैठक माग गरे पछि मात्र यसका लागि अध्यक्ष शेर्पा र महासचिव इन्द्रमान तुलाधर तयार भएको समाचार श्रोत जनाउँछ ।
विवादको मुख्य जड भने सङ्घका वित्तीय निर्देशक निरञ्जन शाह हुन् । शाह माथि आर्थिक अनियमितताका गरेका कारण निलम्बन गर्ने निर्णय सङ्घको २२र २३ मा बसेको केन्द्रीय समितिको बैठकले गरेको थियो । अध्यक्ष कर्मा छिरिङ शेर्पाका व्यक्तिगत सम्बन्धको आधारमा करिब १८ महिना सङ्घमा भित्रिएका शाह माथि हवाई टिकटको मूल्य सच्याएर हिनामिना गरेको तथा पेस्की फर्छ्योटमा हिनामिना गरेको लगायतको आरोप छ ।
यी आरोपका कारण सङ्घले शाहलाई निलम्बन गर्दै वीर बहादुर खड्काको  संयोजकत्वमा छानबिन कमिटी गठन गरेको हो । सो छानबिन कमिटीको रिपोर्ट नआउँदै अध्यक्ष शेर्पाले शाहलाई फेरी काममा बोलाएका थिए ।
संयोजक खड्काले १८ माघका दिन  बयानमा लागि शाहलाई बोलाए पछि नेतृत्वले शाहको बचाउमा यो कदम चालेको हो । खड्काले बयानका लागि बोलाउनुका बाबजुद कोही पनि बयानका लागि गएका थिएनन् ।
२ असारमा एन्फा लिग समितिका सदस्य गौरी मान राईले आफूले पेस्की लिएको  लिएको १ लाख ३० हजार मध्य ९५ हजारको बिल भरपाई तथा ३५ हजार रुपैयाँ शाहलाई हस्ते गरी बुझाएको कारण फर्छ्योट गर्न निवेदन दिएका थिए । यसै विषयमा अहिले विवाद भई रहेको छ । यस बिचमा १ लाख ३० हजार नै फर्छ्योट गर्दै राई मार्फत हस्ते लिएको ३५ हजार हिनामिना गरेको आरोप शाह माथि छ ।
खड्काले १८ माघमा बयानका लागि शाह सहित एकाउन्टेन्ट सञ्जीव पाण्डे, वित्तीय निर्देशक शाह, महासचिव इन्द्र मान तुलाधर र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई बयानका लागि बोलाएका छन् । बयानमा एकाउन्टेन्ट पाण्डे बाहेक अन्य कोही पनि उपस्थित भएनन् ।
Comment