प्रदेश अध्यक्षको केन्द्रीय नेतृत्व प्रति गुनासो 

प्रदेश अध्यक्ष प्रदेश नं एक बुद्धिचाल सङ्घका अध्यक्ष कृष्ण प्रसाद सिग्देलले सङ्घलाई निश्चित व्यक्तिको मुठ्ठीमा राखेर बन्धक बनाइएको आरोप लगाउँदै दुख व्यक्त गरेका छन् । पदावधि सकिएको दुई वर्ष हुन लागे पनि  सङ्घ नेतृत्वले एउटा राष्ट्रिय महासङ्घलाई बन्धक बनाइएको आरोप लगाएका हुन् ।
केन्द्रीय नेतृत्वले लामो समय अधिवेशन नगरेमा हुन सक्ने विकल्पको बारे सोधिएको प्रश्नमा उनी प्रतिनिधि आफै भेला भएर पनि नयाँ नेतृत्व चयन गर्नु पर्ने बताउँछन् । नेपाली चेसको यो अवस्थाका बारे विश्व बुद्धिचाल महासङ्घ( फीडे)का सामु चेसकर्मीले अपिल गर्नु पर्ने र नयाँ नेतृत्वको पहल समेत आवश्यक हुने कुरामा उनले जोड दिएका छन् ।
केन्द्रीय कार्य समिति असफल भएको आभास चेसकर्मीले बारम्बार गरेको सिग्देलले महसुस गरेका छन् । ‘ हरेक दिन जसो साथीहरूको एउटै प्रश्नले हामी आजित भएका छौ ’ सिग्देलको गुनासो छ ।
यो कार्यसमितिले चेसमा नयाँ कुनै योजना ल्याउन नसकेको पनि उनले आरोप लगाए । ‘सङ्घका थुप्रै जिम्मेवार साथीहरू लगातार लामो समय चेसको कुनै गतिविधिमा समेत संलग्न नभएको समेत पाइएको छ । ’
बन्धक बनाएर राखेको कारण सबै जिल्ला र प्रदेश सङ्घका साथीहरूमा पनि निराशापन देखिएको सिग्देल बत्ताउँछन् । यसरी दिन अगाडी बढे सबै चेसकर्मीको आक्रोश नेतृत्व माथि थपिँदै जाने उनले बताएका छन् ।
Comment