थ्री स्टार पाँचौँ स्थानमा

हिमालयन शेर्पा क्लबलाई २–० ले हराउँदै थ्री स्टार क्लब सहिद स्मारक ए डिभिजन लिगको अङ्क तालीकामा पाँचौँ स्थानमा उक्लेको  छ । थ्री स्टारलाई जित दिलाउने क्रममा रितिक कुमा खड्का र घानेफो अन्सुफ्ना क्रोम्होले गोल गरे ।
५७ औ मिनेटमा खड्काले पहिलो गोल गरेको खेलको इन्जुरी समयको सातौँ मिनेटमा क्रोम्होले गोल गरे ।
थ्री स्टार ८ खेलमा १८ अङ्क सहित पाँचौँ स्थानमा रहँदा हिमालयन शेर्पा ११ अङ्क सहित छैटौँ स्थानमा छ ।
Comment