आलेको नेतृत्वमा नेपाली खेलाडीको स्तरीय प्रदर्शन

बङ्गलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय बिजी कराँते च्याम्पियनसिपमा नेपाली कराँते खेलाडीहरूले सानदार प्रदर्शन गरेका छन् । ढाकाबाट नेपाल कराँते महासङ्घका केन्द्रीय सदस्य तथा रेफ्री काउन्सिलका केन्द्रीय सचिव छत्र बहादुर आले मगरले दिएको जानकारी अनुसार कुमुतेमा पासाङ तामाङ ७०के जि र डिजेन डोल्मा तामाङले ४५ केजी तथा कातामा समेत गरी दुई स्वर्ण पदक जिते । यसै गरी, ग्याल्मो सोमिका लामाले ३५ के जिमा रजत पदक जितिन् । रजत पदक प्राप्त खेलाडीहरू पासाङ तामाङ  र राजदेव बमजन छन् । यसै गरी, कांस्य पदक पाउनेमा रवीन्द्र कुवर ,युरोडिस रोक्का,उमेश भण्डारी ,उमङ्ग बुढाथोकी लगायत छन् । प्रतियोगितामा  नेपाली कराँते टोलीले १० स्वर्ण सहित रजत र कांस्य पदक प्राप्त गरी नेपाल टिम प्रथम भएको हो ।
 रामकुमार श्रेष्ठ टिम मेनेजर रहेको टोलीको प्रशिक्षकमा श्याम रोक्का थिए भने रेफ्रीमा एसियन रेफ्री छत्र ब आले मगर, मिङमा सेर्पा, राम कुमार श्रेष्ठ, गङ्गा लाल श्रेष्ठ, नारायण श्रेष्ठ र प्रकाश लामा तामाङले रेफ्रिको भूमिका निर्वाह गरेका थिए ।
Comment