बङ्गलादेशमा नेपाली कराँते खेलाडीको उत्कृष्ट प्रदर्शन

बङ्गलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपाली गोजुरियो खेलाडीले सानदार प्रदर्शन गरेका छन् । ढाकाबाट टोली नेता विआर मित्राले दिएको जानकारी अनुसार काँतामा सानु बाबु गिरिले स्वर्ण,पेम्बा तामाङले रजत,दिनेश लामाले रजत तथा प्रकाश खड्काले कांस्य पदक जिते ।
यसै गरी, कुमुतेमा हिकमत राना मगरले ६० केजीमा स्वर्ण पदक जिते । डेनिस लामाले १४ वर्ष उमेर समूहमा राजन मान श्रेष्ठले भेट्रान्समा  यमेस चौधरीले ६० केजी तथा हरिस चन्द्र रानाले ७५ केजीमा रजत पदक जिते ।
१२ वर्ष उमेर समूहमा सौरभ इटनी,प्रकाशले ७५ केजी,सत्य देव थापाले ५५ केजी,दीपेन्द्र थिङले ६५ केजी र सन्दीप महतले ७० केजीमा स्वर्ण पदक जिते ।
सुनिता गौतम टिम मेनेजर रहेको सो टोलीको अफीसीयलमा नगेन्द्र भुजेल र हरि नारायण अमात्य थिए । टोलीको प्रशिक्षकमा राजन मान श्रेष्ठ र बम बहादुर राई थिए ।

कुमुतेमा सानु बाबु र पेम्बा रेफ्रि थिए । सो प्रतियोगितामा दीपक लामा र ओम्मु लामा पनि रेफ्रिको रूपमा सहभागी थिए ।

Comment