भारोत्तोलन च्याम्पियनसिपको तयारी तीव्र

यसै महिनाको अन्त्यमा हुने राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपको तयारीमा नेपाल भारोत्तोलन सङ्घ तीव्रताका साथ लागी परेको छ  । सङ्घका अध्यक्ष राम श्रेष्ठ बोसले यस प्रतियोगिता भव्यताका साथ सम्पन्न हुने  कुरामा विश्वास व्यक्त गरेका छन् । ललितपुरमा भएको प्राविधिक बैठक तथा सहयोगीहरू सँगको साक्षात्कारको कार्यक्रम आयोजना गर्दै बोसले यो विश्वास व्यक्त गरेका हुन् ।
यो प्रतियोगिता हालसम्मकै उत्कृष्ट राष्ट्रिय प्रतियोगिता हुनेमा सरोकारवाला विश्वस्त छन् ।
Comment