गोजुरियो टोली बङ्गलादेश तर्फ

बङ्गलादेशको ढाकामा आयोजना हुने बी जी कराँते प्रतियोगितामा नेपाली गोजुरियो टोली त्यस तर्फ प्रस्थान गरेको छ । टोलीलाई नेपाल कराँते महासङ्घका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेले बिदाइ गरे ।
नेपाल गोजुरियो कराँते सङ्घका महासचिव बि आर मित्राको नेतृत्वमा त्यस तर्फ गएको टोलीमा सुनिता गौतम टोलीकी मेनेजर रहेकी छिन् । राम बहादुर राई र नगेन्द्र भुजेल अफीसीयल छन् भने हरिकृष्ण अमात्य सहायक टिम मेनेजर छन् ।
एकेएफ रेफ्रि पेम्बा तामाङ , सानुबाबु गिरि, ओम्पु लामा र दीपक लामा त्यस तर्फ गएका छन् । खेलाडीहरूमा सत्य देव थापा,प्रकाश खड्का,हिक्मत रोका मगर,डेनिस लामा, दीपेन्द्र थिङ,सन्दीप महत,हरिश चन्द्र राना,यमेसन चौधरी र सौरभ इटनी छन् ।
पहिलो दिनको खेल मङ्गलवार सुरु हुने छ ।
Comment