जाउलाखेलको सातदोबाटो माथि जित

काठमाडौँ सातदोबाटो यूथ क्लबलाई २–० ले हराउँदै जाउलाखेल यूथ क्लब सहिद स्मारक लिगको रेलिगेसन क्षेत्रबाट बाहिर निस्केको छ । जाउलाखेलको जितमा विपिन कणेल र निकोलास फर्नान्डेजले गोल गरे । वैकल्पिक खेलाडी कणेलले ५० ओ तथा फर्नान्डेजले ७० औ मिनेटमा गोल गरे ।
जावलाखेल सात अङ्क सहित तालीकाको नवौँ स्थानमा छ भने सातदोबाटो ८ अङ्क सहित पाँचौँ स्थानमा छ । सबै टोलीले ६ खेल खेली सक्दा मच्छिन्द्र तालीकाको शीर्ष स्थानमा छ ।
Comment