समृद्धि स्कुलमा कराँते सेमिनार 

समृद्धि स्कुलमा कराँते सेमिनार सम्पन्न भएको छ । स्विडेनका नवौँ डान प्रशिक्षक सिहान अस्गार केसवार दोस्त तथा रबी शाहीले प्रशिक्षण लिएको सेमिनारमा १ सय ५० जना भन्दा बढी सहभागी थिए । संवृद्धि स्कुलको आयोजनामा भएको कार्यक्रममा प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठ तथा निर्देशक चन्द्र मान महर्जन तथा दीपेन्द्र उप्रेती,विकास शाही र दिनेश महर्जनको उपस्थिति थियो ।
यसै गरी, भाइस प्रिन्सिपल जलन महर्जनको पनि उपस्थिति थियो ।सेमिनारमा उत्कृष्ट प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरियो ।
Comment