मकेन्द्रको नेपाल देखि अमेरिकासम्मको सफलता

मकेन्द्र सिंह, नेपाली कराँतेका परिचित हस्ती । ४० को दशकमा कराँतेमा प्रवेश गरेका मकेन्द्रको यो लामो यात्राले नेपाली समाज र त्यहाँको वास्तविक अवस्थाको चित्रण गरेको छ । सुरुवातमा उनी  ब्रुसलीका फ्यान । यसैका प्रभावमा उनी मार्सल आर्टमा तानिए । सुरुवाती दिनमा नै सुदूर पश्चिमका परिचित खेल व्यक्तित्व किशोर हमालसँग कराँते सिक्न थालेका थिए । फिल्मबाट प्रभावित भएर कराँतेमा आबद्ध भएको केही दशकमा समुद्र पार पनि यसै खेलमा प्रभाव जमाउने कुरा उनले सो समयमा सोचेका पनि थिएनन् ।
नेपाली कराँतेमा सबैभन्दा प्रतिस्पर्धात्मक मानिएको ५० केजी तौल समूहका खेलाडी मकेन्द्रका लागि राष्ट्रिय च्याम्पियन हुन पनि कठिन नै थियो । सुदूर पश्चिमको सामान्य परिवारमा जन्मेको उनी आठ दाजु भाइ मध्यका छैटौँ हुन् ।
बाल्यकाल र युवा कालका थुप्रै यादगार घटना उनका सामु छन् । ०४७ मा भएको शिव चरण अन्तर्राष्ट्रिय प्रतियोगिता धनगढीमा भएको थियो । कैलालीका स्थायी बासिन्दा उनका लागि यो ‘ होम स्वीट होम ’को रूपमा रहेको थियो । यसै प्रतियोगितामा उनी वेस्ट फाइटरका साथै स्वर्ण पदक विजेता भएको थिए ।
यसको दुई वर्ष पछि जनकपुरमा भएको प्रथम राष्ट्रिय कराँते प्रतियोगिता उनका लागि दुखद रहेको थियो । यसमा एउटा गल्तीले अयोग्य घोषित उनले फेरी सफलता पाउन कुर्नु परेको थियो । ५० को दशकको सुरुवात नेपाली कराँतेमा मकेन्द्रको प्रभाव सुरु भयो । यस पछि लामो उनी नेपाली कराँतेमा छाइ रहे । नेपाल र भारतमा भएको थुप्रै प्रतियोगितामा उनी सफल भए । भारतको मध्य प्रदेशमा सम्पन्न अल एसियन कराँते च्याम्पियनसिपमा उनी वेस्ट फाइटर घोषित हुनुका साथै स्वर्ण पदक जित्न सफल भएका थिए ।
सन् १९९४ मा पुनेमा भएको प्रतियोगितामा पनि उनी वेस्ट फाइटर घोषित हुनुका साथै स्वर्ण पदक जित्न सफल भएका थिए ।
काठमाडौँमा भएको दक्षिण एसियाली खेलकुदमा कांस्य पदक जितेका उनले २००६ मा जर्मन ओपन च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । २००६ मा फ्लोरिडामा सिट्रस कपमा पनि मकेन्द्रको सहभागिता थियो । सो स्पर्धामामा पनि उनले स्वर्ण पदक जितेका थिए ।
लामो समय देखि अमेरिकामा रहेकामा रहेका उनले २००७ मा त्यहीँको विस्कन्सीनमा भएको कराँते प्रतियोगितामा पनि स्वर्ण पदक जितेका थिए । नेपालमा रहँदा नै उनी किक बक्सिङका पन सफल खेलाडी थिए । उनी र एसियाड पदकधारी समर बहादुर गोलेले सन् १९९७ मा क्रोएसियामा भएको विश्व किक बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । यो पनि नेपाली खेलकुदको कीर्तिमान हो ।
अमेरिकामा पनि कराँतेमा सक्रिय रहेका मकेन्द्र त्यहाँका राष्ट्रिय महासङ्घको सदस्य पनि हुन् । लास भेगासमा हुने युएस ओपन कराँतेमा लामो समय सहभागिता जनाएका उनले मकेन्द्र अमेरिकाको राष्ट्रिय रेफ्रि समेत हुन् ।
नेपालबाट अमेरिका पुग्नेको लामो जमात छ । यो लामो जमातमा त्यहाँको खेलकुदमा आफूलाई स्थापित गर्ने थोरै  व्यक्ति मध्यका हुन् ।
Comment