हिमालयन शेर्पाको बिबिसी माथि  जित

यस सिजनको सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले पहिलो जित हात पारेको छ । आइतबार भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लब(बिबिसी)लाई ३–१ ले हराएको हो । मुटुम्बु पिस्टोनले हिमालयन शेर्पालाई चौथो मिनेटमा अग्रता दिलाएको खेलमा बिबिसीका लागि ५३ औ मिनेटमा भुवन बस्नेतले गोल गरेका थिए ।
पूर्ण चेम्जोंग घाइते भएर उनलाई प्रतिस्थापन गरेका अञ्जल श्रेष्ठले गोल पोस्टको जिम्मा सम्हाले पछि हिमालयन शेर्पाले दुई गोल गरेका थियो । ७४ औ मिनेटमा सुरेस कुमाल तथा इन्जुरी समयको चौथो मिनेटमा मनीस थापाले गोल गरे ।
Comment