भारतसँग नेपालको हार

भारतसँगको १–० को पराजयसँगै नेपाली महिला फुटबल टोलीको साफ यु–१९ फुटबल प्रतियोगिताको फाइनल प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ । आइतबार भएको खेलमा विजयी भारत फाइनलमा प्रवेश गरेको छ । भारतलाई जित दिलाउने क्रममा प्रियङ्का देवीले ६७ औ मिनेटमा गोल गरिन् ।
नेपालले भने श्रीलङ्का र बंगलादेशसंगको खेलको नतिजा प्रतीक्षा गर्नु पर्ने भएको छ । सो खेलमा श्रीलङ्काले जित हात पारे मात्र नेपाल फाइनल प्रवेश गर्ने छ ।
Comment