जाउलाखेलको पहिलो जित

नेपालमा पहिलो पटक मोफसलमा खेलिएको ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लब एमएमसी)ले जित हात पारेको छ । शनिवार पोखरा रङ्गशालामा भएको खेलमा एमएमसीले नेपाल पुलिस क्लबलाई ३–१ ले हराएको हो ।
१० औ मिनेटमा अञ्जनको गोलमा अग्रता लिएको एमएमसीको विरुद्धमा ३६ औ मिनटमा सुमन लामाले बराबरी गोल गरेका थिए । अञ्जनले ७३ औ मिनेटमा डिबक्स बाहिर पाएको फ्रिकीकलाई उपयोग गर्दै टोलीलाई दोस्रो पटक अग्रता दिलाए भने ४ हजार समर्थकका सामु खेलेको एमएमसीका लागि ८३ औ मिनेटमा निसान लिम्बुले नजिकैको दुरीबाट गोल गरे ।
शनिवार नै भएको खेलमा जाउलाखेल यूथ क्लबले यस सिजनको पहिलो जित हात पारेको छ । जाउलाखेल च्यासल यूथ क्लबलाई  १–० ले हराउन सफल भयो । ३७ औ मिनेटमा च्यासलका खेलाडीले गल्ती गरे पछि ओन्गुना जुनियर निकोलास फर्नान्डेजलाई बल उपलब्ध गराउन सफल भएका थिए । यो नै जारी लिगमा जाउलाखेलको पहिलो गोल पनि थियो ।
Comment