दीप र स्वेच्छाको जोडी पहिलो

नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी प्रथम नेपाल एपीएम खुला टेबल टेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार पहिलो भएका छन् ।
आयोजक नेपाल एपीएम टेबल टेनिस प्रा.ली. को भैसेपाटीस्थित हलमा भएको फाइनलमा दीप र स्वेच्छाको जोडीले नेपाल प्रहरीका श्यान्टू श्रेष्ठ र मञ्जु सुवालको जोडीलाई ७–११, ९–११, ११–३, १२–१० र ११–४ को सेटमा पराजित गरे । आर्मीका रविना महर्जन र कुशल न्याछो तथा एपीएफका अनिता महर्जन र राजीव चिकबन्जारको जोडी तेस्रो भए ।
यु–१६ ब्वाइज सिंगल्समा न्यु होराइजनका प्रवेश बस्नेतले स्वर्ण जिते । उनले फाइनलमा केज एकेडेमीका विशाल गोललाई ३–२ ले हराए । गार्गी एकेडेमीका प्रिन्स थापा र एनिस पिङपोङ क्लबका आद्रियन  शाही तेस्रो बने ।
सोही स्पर्धाको र्गल्समा आर्मीकी दिया देउला च्याम्पियन बनिन् । फाइनलमा दियाले आर्मीकै सुस्मिता खड्कालाई ३–१ को सेटमा पाखा लगाइन् । एपीएम क्लबकाद्वय योङगी पौडेल र अनामिका कस्ती संयुक्त रूपमा तेस्रो भए ।
प्रतियोगिताको सह–प्रायोजक पूर्ण शङ्कर श्रेष्ठले एक कार्यक्रमबिच उद्घाटन गरे । ८ स्पर्धा समावेश प्रतियोगितामा ३ सय ५० खेलाडी सहभागी छन् । सबै स्पर्धाका पदक विजेतालाई सिओम टेबल टेनिस नेपालद्वारा प्रायोजित ५ लाख रुपैयाँ बराबरको टेबल टेनिस खेल सामाग्री पुरस्कार स्वरूप पाउने छन् । पुरुष÷महिला सिंगल्समा भने नगद पुरस्कार पनि राखिएको छ । प्रतियोगिता शनिवार सम्पन्न हुने छ ।
Comment