गृह जिल्लामा गजेन्द्रको सहयोग

नेपाल सोतो कराँते डो  सङ्घका वरिष्ठ उपाध्यक्ष गजेन्द्र सावद सामाजिक क्षेत्रमा पनि सक्रिय रहेका छन् । सावदले आफ्नो गृह जिल्ला कैलालीको गौरी गङ्गा नगरपालिका वडा नं ५ वडा कार्यालय र र वडा न ८ मा अवस्थित गौरीगङ्गा ११ स्पोर्ट्स क्लबलाई ह्वेल चियर सहयोग स्वरूप प्रदान गरेका छन् ।
सो ह्वेल चीयर शुक्रवार आयोजित कार्यक्रममा प्रमुख अतिथि  विश्व हिन्दु महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा रुडुक नेपालका महासचिव जोसना साउदले  वडा नं ५ का वडा अध्यक्ष जगत विक र गौरी गङ्गा स्पोर्ट्स क्लबका अध्यक्ष दिनेश कलेललाई प्रदान गरिन् ।
सो कार्यक्रममा ओलम्पियन दीपक विष्ट,नेपाल सोतो कराँते सङ्घका वरिष्ठ महासचिव सुरज अधिकारी, नेपाली काँग्रेसका युवा नेता मोहन साउद, सिन क्योकुसीन काइ कराँतेका  महासचिव सूर्य बुढाथोकी तथा कराँते खेलाडी जगत धामी लगायतको उपस्थिति थियो ।
Comment