नेतृत्व पूर्वाग्रही भएको कटुवालको आरोप

कुमार कटुवाल, नेपाली फुटबल प्रशिक्षक । कुनै समय नेपाली यूथ टोलीका फरवार्ड तथा मिडफील्डर मकवानपुरका स्थायी बासिन्दा कटुवाल नेपालका  प्रशिक्षकको रूपमा सक्रिय छन् ।
सुदूर पश्चिमबाट  प्रशिक्षकको क्यारियर सुरुवात गरेका कटुवाल सुनिल वल र रञ्जन विष्टको आजको दिनमा प्रदर्शनका कारण  आफ्ना उत्पादनमा गर्व गर्ने गर्छन् । काठमाडौँमा भएको दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण पदक जित्ने क्रममा बलको भूमिका उल्लेखनीय रहेको थियो । गुहावटीमा भएको १२ औ दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण पदक जित्दा बल र रञ्जन विष्ट टोलीमा  थिए । बल र विष्टलाई महत्त्वपूर्ण ब्रेक थ्रु दिएका कटुवालको नेपाली महिला फुटबलको उचाइमा पनि महत्त्वपूर्ण भूमिका रहेको थियो ।
उमेर समूहमा यु–१३, देखि नेपालले भाग लिएका अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको रूपमा सहभागिता जनाएका कुमार प्रशिक्षकको रूपमा सक्रिय छन् । यस क्रममा उनले  मेची देखि महाकालीसम्म यात्रा गर्दै प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
कुमार वर्तमान  नेपाली फुटबलमा देशले लगानी गर्नु पर्ने खाँचो देख्छन् । एन्फाले खेलाडीलाई राम्रो सुविधा दिनु पर्ने उनको जोड छ ।फिफा र एएफसीले खेलाडीका लागि पठाएको पैसा  देशमा रगत पसिना बगाउने खेलाडीले पाउनु पर्ने उनी बताउँछन्।
 उनी नेपाली खेलाडीमा सैद्धान्तिक विषयमा ज्ञान दिन आवश्यक रहेको बताउँछन् । ‘ सात दिनको कोर्स, १४ दिने कोर्स या २१ दिने कोर्स गरेका प्रशिक्षकले सिकाएर नेपालको फुटबल राम्रो हुँदैन । कम्तीमा एक या दुई वर्ष फुटबल कोर्स पढेकै प्रशिक्षक आवश्यक छ,  ’ कटुवालको दाबी थियो ।
‘श्रीलङ्कामा भएको यु–१४ प्रतियोगितामा मेरै प्रशिक्षणमा कुनै गोल नखाएर पाँच वटा टोलीका विरुद्ध २० गोल गरेका थियौ । भारतलाई नै चार गोल गरेका थियौ । यस ऐतिहासिक सफलता पछिको हाम्रो अ हिलको अवस्था सबैलाई थाहा छ ,’ कटुवाल बताउँछन् । उनले महिला टोलीमा नपरेका खेलाडीलाई पनि आफूले प्रशिक्षण गराएर अहिलेका प्रशिक्षकले सिकाइरहेका खेलाडीलाई हराएर देखाउने चेतावनी दिएका छन् । यसबाटै प्रशिक्षकको क्षमता प्रस्ट हुने उनी बताउँछन् ।  नेतृत्व नै जिम्मेवारी दिने सवालमा पूर्वाग्रही भएको अनुभव कटुवालको पनि छ । सात वर्ष भन्दा बढी महिलाको टोली हेरेका उनको कुनै पनि कुराको सुनुवाइ नभएकोमा गुनासो छ । नेपाली महिला फुटबलको आजको अवस्थामा महत्त्वपूर्ण भूमिका भएका कटुवालको आक्रोश छ, ‘ यो देशको फुटबलमा मेरो पनि रगत र पसीना परेको छ । पूर्वाग्रह राख्ने र निश्चित व्यक्तिको घेराबन्दीमा प्रशिक्षकीय स्वरूपलाई राख्दै म लगायत देशका फुटबल प्रशिक्षकहरूको अवमूल्यन गर्ने काम नेतृत्वले गरेको छ । ’
कुनै दिन यी सबै भेदभावको अन्त्य हुने उनको विश्वास छ ।
Comment