फुटबलर खड्कालाई पितृ शोक

पूर्व राष्ट्रिय फुटबलर शिव खड्कालाई पितृ शोक परेको छ । खड्काका ७१ वर्षीय पिता गङ्गाराम खड्काको शनिवार बालाजु वनस्थली स्थित निवासमा निधन भएको हो । दिवङ्गत खड्काको सोही दिन हिन्दु संस्कार अनुसार पशुपति आर्यघाटमा दाह संस्कार गरियो ।
खड्काका श्रीमती र दुई छोरा छन् । खड्का परिवारमा परेको यस शोकको घडीमा  फुटबल खेलाडी, प्रशिक्षक तथा शुभेच्छुकहरूले  समवेदना व्यक्त गरेका छन् ।
Comment