रुपेसलाई चेस उपाधि

फिडे मास्टर रुपेस जयसवालले जी.ओ इन्टेरियर फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन् । स्विस लिगको आधारमा नौ चरणको खेलमा रुपेसले आठ अङ्क जोडे । यसै गरी ७.५ अङ्क भएका सुशील चौधरी दोस्रो तथा बद्री लाल नेपाली तेस्रो भए ।शीर्ष दुई स्थान पाउने दुवै खेलाडी थापाथली चेस पार्कका आबद्ध छन् ।
सजिन महर्जन चौथो, पूर्णराज खड्का पाँचौँ, सरोज महर्जन छैटौँ, केशव श्रेष्ठ सातौँ ,हरि सुब्बा आठौँ , निकेन कुसाथा नवौँ तथा राजन पुरी १० औ भए ।
महिला तर्फ विनीता कपाली पहिलो भइन् । यसै गरी, भेट्रानमा जगन्नाथ ताम्रकार तथा १६ वर्ष मुनी पुरुषोत्तम सिलवाल पहिलो भए ।

जी ओ इन्टेरियर तथा थापाथली चेस पार्कको आयोजनामा भएको प्रतियोगितामा १५० खेलाडीको सहभागिता थियो । प्रतियोगिताको लागत २ लाख ८० हजार रुपैयाँ रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले १५ हजार रुपैयाँ, उपविजयीले ८ हजार रुपैयाँ तथा तेस्रो हुने खेलाडीले ६ हजार रुपैयाँ पुरस्कार पाए ।
