दोस्रो देउराली कप खुला कराँते पुसमा


दोस्रो देउराली कप स्वर्गीय भीम चन्द ठकुरी स्मृति खुला कराँते प्रतियोगिता आगामी पुसको दोस्रो सातादेखि हुने भएको छ ।
नेपाल सितोरियो कराँते सङ्घ देउराली डोजोको आयोजनामा आगामी पुस ९ र १० गते दोस्रो देउराली कप भीम चन्द ठकुरी स्मृति खुला कराँते प्रतियोगिता हुन लागेको हो । डोजोको स्थापना कालदेखि नै सहयोगका साथै विभिन्न माध्यमबाट स्थानीय क्षेत्रमा योगदान पु¥याउँदै आएका भीम चन्द ठकुरीको स्मृतिमा दोस्रो संस्करण आयोजना गरिने नेपाल सितोरियो कराँते सङ्घ देउराली डोजोका अध्यक्ष राजेश जोशीले जानकारी दिए । भीम चन्द ठकुरीकै सक्रियतामा डोजोको स्थापना समेत भएको थियो । उनी सहिद दशरथ चन्दका भतिज हुन् ।
काठमाडौँ महानगरपालिका–३१ मा बस्दै आएका भीम चन्दको गत वर्ष निधन भएको थियो । उक्त प्रतियोगिता नयाँ बानेश्वरस्थित भीमसेन गोला माध्यमिक विद्यालयमा हुनेछ । उक्त विद्यालयमा उनकै सक्रियतामा खेलकुदका लागि अक्षय कोष खडा भएको थियो । त्यसैले उनकै सम्झना देउराली डोजोले दोस्रो संस्करण गर्न लागेको भीमसेन गोला माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका राजेश जोशीले बताए । प्रतियोगितामा फाइट र काता गरी कुल २५ स्वर्ण पदकका लागि खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् ।
काताअन्तर्गत टिम र व्यक्तिगततर्फ (महिला र पुरुष) प्रतिस्पर्धा हुनेछन् । पुरुष फाइटमा २० केजीमुनि, २५ केजीमुनि, ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६५ केजीमाथि तौल समूहसम्म प्रतिस्पर्धा हुनेछन् । महिलातर्फm २० केजी, २५ केजीमुनि, ३० केजी, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६१ केजीमाथि तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
प्रतियोगिताका विजेताले नगद पुरस्कारका साथै टिम च्याम्पियनको ट्रफी प्राप्त गर्नेछ । त्यसै गरी दोस्रो र तेस्रोले पनि नगद पुरस्कार र ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ । सोही प्रतियोगिताको उद्घाटनका अवसरमा स्रष्टा सम्मान पनि गरिने डोजोका अध्यक्ष जोशीले बताए । डोजोको स्थापनाकालदेखि सहयोग पु¥याएका र विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्थानीय व्यक्तित्वलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

Comment