सानु, मन्डेकाजी र मुकुन्द्र सम्मानित


नेपाल सितोरियो कराँते डो सङ्घ, ठमेल शाखा डोजोले शारीरिक सुगठनका सानु गुरुङ तथा कराँतेका मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जनलाई शुक्रवार सम्मान गरेको छ ।
ठमेल शाखा डोजोको आयोजनामा भइरहेको सातौँ जुनियर कराँते प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरूलाई सम्मान गरिएको हो । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र डोजो प्रमुख सन्तोष श्रेष्ठले उनीहरूलाई प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबिच सम्मान गरे ।
शनिवारसम्म चल्ने प्रतियोगितामा नेपालका ३ सय २५ र भारतका ५५ खेलाडी सहभागी छन् । पुरुष÷महिलामा समान १०–१० गरी २० स्पर्धामा लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रतिस्पर्धा भइरहेको छ ।

Comment