सुबानलाई स्वर्ण


नेपालका सुबान गुरुङले विश्व कोरियन एम्बासडर अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । सुबानले ११ वर्षमुनि उमेर समूहको पुरुष एकल पुम्सेमा स्वर्ण जितेको काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
त्यस्तै १८–३५ वर्षको एकल पुम्सेतर्फ पुरुषमा कमल श्रेष्ठले रजत तथा महिलामा पार्वती गुरुङले कांस्य जिते । दुवै १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।
पुरुष ३६–५० वर्षको एकल पुम्सेमा मधुसूदन सापकोटा तथा महिला ११ वर्षमुनि एकल पुम्सेमा गुनमाया गुरुङले कांस्य हात पारे । केही महिनाअघि सातदोबाटोमा भएको कोरियन एम्बासडर राष्ट्रिय पुम्से प्रतियोगितामा उत्कृष्ट घोषित भएका ११ खेलाडीले नेपालबाट प्रतिस्पर्धा गरेका हुन् ।

Comment