सावित्राको आत्मबल बढाउँदै विदेशमा रहेका नेपाली 

चोटग्रस्त भएर उपचार गराइ रहेकी नेपाली चर्चित फुटबल स्टार सावित्रा भण्डारीको उपचारमा सुधार भई रहेको छ । कतारमा रहेकी उनी उपचार पछि तीव्र मैदानमा फर्कने अपेक्षा धेरै शुभेच्छुकको रहेको छ । उनलाई आत्मबल प्रदान गर्नका लागि पनि नेपालीहरूले एकबद्धता व्यक्त गर्न थालेका छन् ।
यसै क्रममा नेपाली व्यवसायी समिति कतारका अध्यक्ष महेन्द्र चौलागाइ र महासचिव रमेश भट्टले भेटेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । यी दुवै व्यवसायीले उनलाई खेल सामग्री पनि प्रदान गरेका छन् । यी दुई व्यवसायीले नेपालकी स्टार फुटबलर चाँडो ठिक भएर मैदानमा उत्रने दिनको प्रतीक्षामा संसारका सबै स्थानमा रहेका नेपाली रहेको प्रतिक्रिया दिएका छन् ।
कतारमा आयोजीत यस कार्यक्रमको समन्वय गर्ने काम तेक्वान्दो खेलाडी ज्याकी चानले गरेका थिए ।
Comment