राष्ट्रिय लिग तर्फ पाइला सार्दै ललितपुर

निर्मला विकको ह्याट्रिकको मद्दतमा ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कमला रखालको प्रशिक्षणमा रहेको ललितपुरले मङ्गलवार एन्फा मुख्यालयको मैदान भएको खेलमा झापाको शिवसताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
ललितपुरको जितमा मनीषा सेनले एक गोल गरिन् । यी चरा गोल नै पहिलो हाफमा भएका थिए । निर्मला प्लेयर अफ दि म्याच घोषित भइन । उनले पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन ।
५० को दशकको अन्त्यमा नेपाली फुटबलमा छाएकी रखालको  प्रशिक्षणमा रहेको ललितपुरका निर्मला सहित सृजना सिंह र रोजिना श्रेष्ठ लगायतले नै यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी रहेका छन् ।
राष्ट्रिय महिला लिगमा तीन विभागीय क्लब (नेपाल पुलिस, एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब) वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकासहित आठ क्लबको सहभागिता रहनेछ ।
Comment