खुमलटार सेमिफाइनलमा प्रवेश

खुमलटार भेट्रान्स फुटबलर मिसन टुगेदरको आयोजनामा सञ्चालित मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रिडम फाइटर, ठमेल र खुमलटार युवा क्लबको समन्वयमा रहेको खुमलटार भेट्रान्सले फाइनल यात्राको क्रममा खुमलटारले फ्रेन्ड्स भेट्रान्सलाई ५–० ले पराजित गरेको हो ।
कुने समय नेपाली फुटबलमा छाएर  फरवार्ड जुमानु राई, राजकुमार घिसिङ र रितेस खड्काको समन्वयमा रहेको खुमल भेट्रान्समा राज कुमार केसी, भीम श्रेष्ठ,सचिन श्रेष्ठ, भगवान थापा, तासी छिरिङ, विनोद शाही र सुनिल राउत लगायत खेलाडीको उपस्थिति रहेको छ ।
उत्कृष्ट व्यवस्थापन पक्ष रहेको यस टोलीको व्यवस्थापन पक्ष ५० र ६० को दशकमा नेपाली फुटबलमा छाएका खेलाडीहरूको माझमा लोकप्रिय रहेको छ ।
शुक्रवारको खेलमा जित दिलाउने क्रममा  रितेस खड्काले दुई गोल गरे भने भगवान थापा, तासि छिरिङ र निमा लामाले थप गोल गरे ।
अन्य खेलमा जित हात पार्दै झापा भेट्रान्स,त्रिभुवन आर्मी भेट्रान्स र भेट्रान्स एनएसकेसी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
Comment