अनिताको सहयोगी कदम

टेबल टेनिस खेलाडी अनिता महर्जनले आफ्नो जन्म दिनको अवसरमा अपाङ्गता अस्पताल जोरपाटीमा रहेकाहरूलाई खेल  सामग्री प्रदान गरेर सहयोग गरेकी छिन् । उनले टेबल टेनिस ब्याट  बलका साथै खाजा र नगद रकम सहयोग गरेकी हुन् र एपीएफकी टेबल टेनिस खेलाडी अनिताले दशैको समयमा कार्यालयबाट प्राप्त बोनस रकमबाट त्यो सहयोग गरेकी हुने ।
उनी विगत केही वर्ष यता नेपाली टेबल टेनिसमा छाएकी खेलाडी हुन् । उनले त्यहाँ रहेका शारीरिक रूपमा असक्त व्यक्तिको पनि खेल प्रतिको जागरण देखेर उत्साहित गर्न चाहेको बताएकी छिन् ।
सोही अवसरमा एनी पिङपङ क्लबको पनि औपचारिक सुरुवात गरिएको छ  ।
कार्यक्रमको सफलतामा राष्ट्रिय शारिका अपाङ्ग टेबल टेनिस एसोसिएसनका दिगम लिम्बु र प्रशिक्षक राजेन्द्र दुलालको भूमिका महत्त्वपूर्ण रहेको अनिताले बताएकी छिन् । साथै पारिवारिक सहयोगले पनि कार्यक्रम सफल भएको र आफूलाई सकारात्मक काम गर्न उत्साह मिलेको उनले बताएकी छिन् ।
Comment