पोल्याण्डका माईकल पाराग्लाइडिङ प्रि–वल्र्ड कप च्याम्पियन, नेपालीतर्फ विमल अधिकारी, महिलातर्फ ईमी प्रथम

para gliding

पोखरा
पोखरामा शुक्रबार सम्पन्न भएको पाराग्लाइडिङ खेलकोे प्रि–वल्र्ड कप २०१५ का उपाधि पोल्याण्डका माइकल ग्रिल्याकले जितेका छन्। प्रतियोगितामा उनले ३६ देशका एक सय ५० पाइलटलाई पछि पार्दै नेपालमा पहिलो पटक आयोजना भएको उक्त प्रतियोगिताको उपाधि चुमेका हुन्। तीन दिनको टास्कको आधारमा उनले दुई हजार तीन सय १८ अंक जोड्दै उपाधिसहित ५० हजार नगद हात पार्न सफल भए।

प्रतियोगितामा बेलायतका ईद्रिस व्रिच दोस्रो भए। उनले दुई हजार दुई सय ३२ अंक ल्याउँदै दोस्रो भएका हुन्। उनले पुरस्कारस्वरुप ४० हजार प्राप्त गरे। प्रतियोगितामा दुई हजार एक सय ६८ अंक जोड्दै फ्रान्सका लुकास ब्रिन्र्डेन तेस्रो भए। उनले नगद ३० हजार पुरस्कार पाए।

मंगलबारको आधा दिन र बुधबार, बिहीबार र शुक्रबारको आधा दिन टास्क गरी पूरा तीन दिनको टास्कको आधारमा जिपिएस प्रक्रियाबाट उनीहरू विजेता भएकाहुन्। त्यसैगरी खुल्ला महिलातर्फको प्रतिस्पर्धामा जापानकी ईमि हिराकावा प्रथम भएकी छन्। उनले एक हजार सात सय आठ अंक जोड्दै उपाधिसहित ३० हजार प्राप्त गर्न सफल भइन्।

त्यसैगरी जर्मनीकी ईजाबेला म्यासेन्जर दोस्रो भइन् भने रशियाकी अनाका जाकोभा तेस्रो भइन्। त्यसैगरी ओभरल नेपालीतर्फ विमल अधिकारी प्रथम भएका छन्। उनले एक हजार सात सय ५९ अंक ल्याउँदै उपाधिसहित ३० हजार प्राप्त गर्न सफल भए। एक हजार पाँच सय ६९ अंक जोडेका विशाल थापा दोस्रो हुँदै २० हजार हात पार्न सफल भए। विजय दाहाल तेस्रो भए भने अनिश भट्टराई चौथो र आशिष भट्टराई पाँचांै भए।

त्यसैगरी नेपाली लिग च्याम्पियन विमल अधिकारी भए। योगेश भट्टराई् दोस्रो भने सुशील गुरुङ तेस्रो भए। समूहतर्फ पोखराको फन्ट्रीयर्स प्रथम भयो भने एट्रिव्युट दोस्रो र फ्लाईजीन तेस्रो भए।स्पोटर्स क्लासमा युक्रेनका स्टेफेन प्रथम, बेलायतका स्ट्यान दोस्रो र रसियाका माक्सीङ तेस्रो भए। विजयी खेलाडीलाई सभासद् शारदा पौडेल, पोखरा पर्यटन परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखे, पर्यटन व्यावसायी वासु त्रिपाठी, अग्नी कँडेल, संयोजक सोवित बानियाँ, नाका अध्यक्ष योगेश भट्टराई, महासचिव वसन्तराज दवाडीलगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिताको औपचारिक समापनको अवसरमा बोल्दै उपप्रधानतथा गृह मन्त्री बामदेव गौतमले पाराग्लाइडिङ खेलको विकासका लागि सहयोग गर्ने बताए। सो अवसरमा गृहमन्त्री गौतमले पोखराका पर्यटन व्यवसायी हरि पौडेल, रमेशबहादुर भट्टराईलगायतलाई दोसल्लासहित पूmलमालाले सम्मान गरेका थिए। को थियो। प्रतियोगितामा नेपालसहित ३६ राष्ट्रका एक सय ५० पाराग्लाइडिङका पाइलट सहभागी थिए।

Comment