बिबिसीको फन कार्यक्रम

ब्रिगेड ब्वाइज क्लब( बिबिसीले ) दशैको उपलक्ष्य शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । यसै साता भएको सो कार्यक्रममा क्लब महिला, फुटबल, पुरुष फुटबल र  टग अफ वार लगायत कार्यक्रम सञ्चालन भएको थियो । यस फन फुटबलमा क्लब निकट व्यक्तित्वहरूको उपस्थिति थियो । ललितपुर महानगरपालिका वडा नं ५ का अध्यक्ष विकास मान श्रेष्ठको प्रमुख आतिथ्य तथा एनआइबीएलका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।
Comment