श्रीलङ्कामाथि नेपालको जित

नेपालले साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको खेलमा श्रीलङ्कालाई ३–२ ले हराएको छ । ३० औ मिनेटमा सुमन लामाको गोलमा अग्रता लिएको नेपालका लागि दोस्रो हाफमा अञ्जन विष्टले गोल गरे । पहिलो गोलका लागि नवयुग श्रेष्ठले सुमनलाई साथ दिएका थिए । आयुष घलानको पासमा तेज तामाङको प्रहार श्रीलङ्काका गोल रक्षकले रोक पछि अञ्जनले रिबाउन्डमा गोल गरेका हुने ।
श्रीलङ्काका लागि मार्भिन हेमील्टनले गोल गरे । आयुषले खेल सकिन चार मिनेट बाँकी रहँदा गोल गरे भने इन्जुरीमा समयमा गौतम श्रेष्ठले ह्यान्ड गरे पछि श्रीलङ्काले पेनाल्टीमा गोल गरेका थियो । पहिलो खेलमा माल्दीभ्सलाई हराएको नेपाल समूहमा पहिलो भएको छ ।
Comment