सुमन जर्मनी जाँदै

चिम्निज ओपन अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा सहभागी हुन कराँते खेलाडी सुमन तिम्सिना बिहीबार जर्मनीको चिम्निज जाँदै छन् ।
अक्टोबर २ तारिखमा हुने प्रतियोगितामा सुमनले पुरुष सिनियर कातामा प्रतिस्पर्धा गर्ने छन् । अफिसियलमा स्वछम गुरुङ छन् । टोलीको हवाई टिकट गोंगबुस्थित सागा एड्भन्चर टुर्स एन्ड ट्राभल्सले प्रायोजन गरिदिएको हो ।
टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल गोजुरियो कराँते डो सङ्घ एवं एसियाली गोजुरियो कराँते महासङ्घका महासचिव विआर मित्रले मङ्गलवार एक कार्यक्रमबिच बिदाइ गरे । टोली बिहीबार राती ११ बजे टर्किस एयरलाइन्सबाट जर्मनी प्रस्थान गर्ने कार्यक्रम रहेको छ
Comment