अनुलाई प्रिमियर लिगमा प्रतिस्पर्धाका लागि बिदाइ

मित्र राष्ट्र रसियाको मस्को सहरमा आयोजना हुने ¥याङ्किङ्ग प्रतियोगिता समेत रहेको कराँते १ प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न जान लागेकी साग स्वर्णधारी अनु अधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले बिदाइ गरे । सो क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको पनि खेलाडी अनुलाई बिदाइ गरेका थिए ।
विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन लगायतका खेलाडीहरूको सहभागिता रहने ¥याङ्किङ्ग प्रतियोगितामा अनले ५५ केजी मुनिको तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । प्रत्येक तौल समूहमा विश्वका ६४ जनाले मात्र प्रतिस्पर्धा गर्न पाउने प्रशिक्षक दीपक श्रेष्ठले बताए । अनुको हाल विश्व कराँते ¥याङ्किङ्गमा १६३ औँ स्थान रहेको छ ।
यस लिगमा उच्च १० स्थान हासिल गर्ने खेलाडीहरू ओलम्पिकका लागि स्वतः छनौट हुने खेलाडी अनले जानकारी गराइन् । यो लिग आउँदो ओलम्पिकका लागि सुरुवाती चरण भएको समेत अधिकारीले बताइन् ।
प्रत्येक तौल समूहमा विश्वका ६४ जना मात्र खेलाडीहरूले सहभागिता जनाउन पाउने यस विश्व ¥याङ्किङ्ग प्रतियोगितामा सहभागिता हुनका लागि कराँते महासङ्घले आयोजना गर्ने विभिन्न सिरिज प्रतियोगिताहरूमा सहभागिता र जितका आधारमा ¥याङ्किङ्गका लागि प्राप्त अङ्कका आधारमा उच्च ५० भित्र परेका खेलाडीहरूले स्वतः छनोट चरण पार गर्नेछन् । बाँकी १४ जना २०० ¥याङ्किङ्ग भित्र परेका खेलाडीहरूले लिगका लागि दर्ता खुलेको अवस्थामा फर्स्ट कम फर्स्टका आधारमा जति सक्दो चाँडो नाम दर्ता गर्न सकेमा मात्र सहभागिता जनाउन पाउने प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए । अक्टोबर १ देखि ३ सम्म आयोजना हुने लिग प्रतियोगिताका लागि अनु मंगलबार नै त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
Comment