साफ च्याम्पियनसिपका लागि फुटबल टोलीको घोषणा

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले आगामी साफ च्याम्पियनसिप फुटबलका लागि टोलीको घोषणा गरेका छन् । टोलीको गोल रक्षकमा किरण लिम्बु,दीप कार्की र विशाल श्रेष्ठ छन् ।
टोलीका अन्य खेलाडीमा दिनेश राजवंशी, सुरज ठकुरी,अनन्त तामाङ,गौतम श्रेष्ठ,सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल,आशिष लामा,पूजन उपेरकोटी,सुमन लामा, तेज तामाङ,अञ्जन विष्ट,सुरज श्रेष्ठ,सन्तोष तामाङ,नवयुग श्रेष्ठ, आयुष घलान,मनीस डाँगी, कमल थापा र रोहित चन्द छन् ।
Comment