मैत्री ¥यालीको दोश्रो चरण सुरु

nasa
‘फर नेचर, एडभेन्चर एन्डकल्चर’ भन्ने नाराका साथ सञ्चालित इन्डो–नेपाल मैत्रीमोटर ¥यालीको दोश्रो चरण बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणबाट सुरु भएको छ ।
¥यालीपोखरा, लुम्बिनी, धनगढी, महेन्द्रनगरहुँदै भारतको नयाँदिल्लीमा रहेको इन्डिया गेटमा पुगेपछि मार्च ८ तारिखमा औपचारिक रुपमा सम्पन्न हुनेछ ।
नेपाल अटोमोबाइल्स स्पोर्ट्स एसोसिएसन (नासा) तथा भारतको कालिङगा मोटर स्पोर्ट्स क्लबद्वारा संयुक्त आयोजित ¥यालीको पहिलो चरण फेब्रुअरी २७ तारिखमा भारतको उडिसास्थित पुरीबाट सुरु भइजोगबनीनाकाबाट नेपालको विभिन्न भागको परिक्रमा गर्दै गत मंगलबार धुलिखेलमा आएर सकिएको थियो ।

Comment