काठमाडौँ तेक्वान्दो कार्यसमितिलाई बधाई
Manoj Shiama
4 September, 2021 7:50 pm

कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति, नेसनल ओपन स्काउट क्रु र बाल गीताञ्जली स्कुलले काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको सम्मानमा शनिवार बधाई तथा शुभकामना कार्यक्रम आयोजना ग¥यो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, बाल गीताञ्जली स्कुलका प्रिन्सिपल महेन्द्रराज घिमिरे, बागमती प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष केशव पुरीलगायतले पदाधिकारीहरूलाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिँदै सर्वसम्मत निर्वाचित टोलीलाई बधाई दिए ।
