मुलपानीका भिजनलाई स्वर्ण ,प्रेमले जिते रजत

मुलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १० औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२–१४ वर्षमा शनिवार स्वर्ण जितेका छन् ।
भिजनले ६.०४ अङ्क जोडे । ५.९९ अङ्कसाथ गोदावरी इन्टरनेसनलका साइरस थापा दोस्रो भए । मुलपानीका महेश आङथुपु र सुपरस्टारका कृश पाण्डे तेस्रो बने ।
नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो सङ्घद्वारा आयोजित प्रतियोगिताको पेयर १५–१७ वर्षमा गोदावरीका श्रृजल श्रेष्ठ र रोशनी सिलवाल (६.५९ अङ्क) ले स्वर्ण तथा चन्द्र सूर्यका यज्ञ राई र हिमाल अधिकारी ((६.११ अङ्क) ले रजत जिते । नेपाल टाइगरका मन्दिप राई र मनीषा पराजुली तथा चन्द्र सूर्यका अरुण तिवारी र सोनी शेर्पा तेस्रो भए ।
पेयरतर्फ १८–३५ वर्षमा १३ औँ सागका कांस्य विजेता जितबहादुर बोट र स्वर्णधारी पार्वती गुरुङ पहिलो बने । नेपाल प्रहरीका उनीहरूले ७.२३ अङ्क जोडे । ७.१४ अङ्कसाथ प्रहरीका १३ औँ सागकी स्वर्ण विजेता निशा दर्नाल र १३ औँ सागका कांस्य विजेता अस्मिन राउत दोस्रो भए । १३ औँ सागका स्वर्ण विजेता द्वय नेपाल आर्मीका आयशा शाक्य र सञ्जीवकुमार ओझा तथा आर्मीकै १३ औँ सागकी स्वर्णधारी सन्जिला तिम्सिना र रजत विजेता कृष्णबहादुर तामाङले तेस्रो स्थानमा चित्त बुझाए ।
पुरुष ३६–५० वर्षको एकल पुम्सेमा मुलपानीका मधुसूदन सापकोटा (६.२९ अङ्क) ले स्वर्ण तथा  प्रेमकुमार दर्नाल (५.९३ अङ्क) ले रजत चुमे । प्रहरीका लक्ष्मणबहादुर ऐर तथा शिवपुरी धामका आशिष चन्दले कांस्य हात पारे ।
विदेशमा रहेर पनि नेपाली तेक्वान्दोमा समर्पित प्रेम कुमार दर्नाल
Comment