महिला फुटबल टोलीमा रौतहटको रवाफ

६० को दशकमा नेपाली फुटबलका छाएका रक्षक नुर राज काफ्ले प्रशिक्षणको दौरान पनि छाएका छन् । प्रशिक्षकको रूपमा नुरराजको मेहनतको प्रतिफल महिला राष्ट्रिय फुटबल  टोलीमा रौतहटका नौ जना समावेश भएका छन् ।
नेपाली फुटबल महिला फुटबल टोलीका प्रशिक्षक गेरी फिलिप्सले एसियाली एसियन कप छनोटका लागि अन्तिम २३ सदस्सीय टोलीको घोषणा गरेका छन् । जुन टोलीमा रौतहटका नौ जना अटाएका हुन् ।
यो २३ जनाको घोषणासँगै पाँच जना क्याम्पबाट बाहिरिएका छन् । बन्द सत्रबाट बाहिरिनेमा अमिसा कार्की,अञ्जली वाइबा, हिमा चौधरी,मनीषा राउत र शर्मिला थापा रहेका छन् ।
नेपाली महिला फुटबल टोलीले पहिलो खेल १८ सेप्टेम्बरमा फीलीपीन्ससंग तथा २१ सेप्टेम्बरमा हङकङसंग खेल्ने छ । खेल उज्बेकिस्तानमा हुने छ ।
टोलीको गोलरक्षकमा अञ्जना राना मगर, एञ्जीला तुम्बापे सुब्बा र उसा नाथ रहेका छन् । अन्य खेलाडीमा अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, विमला विके, विमला चौधरी, दीपा राई, गीता राना, हिरा कुमारी भुजेल, इन्दिरा राई, मञ्जली तामाङ, निशा थोकर, प्रीति राई, पुनम गर्जा मगर र रजनी थोकर छन् । यसै गरी, रश्मि घिसिङ, रेणुका नगरकोटी, सविता राना, सरु लिम्बु र सृजना सिंह टोलीमा रहेका छन् ।
टोलीमा नेपाली टोलीको नेतृत्व गर्दै आएकी मिडफील्डर मञ्जली र रेणुका सहित रक्षक पुनम र  निशा रौतहटका हुन् ।  गोलरक्षक सम्झनाका साथमा  फरवार्डहरू रश्मि, अनिता केसी , सविता र रजनी रौतहटका हुन् ।
यी मध्य रश्मि, सविता रजनी र निशा पहिलो पटक टोलीमा अटाएका हुन् । सविता र रजनी रौतहटकै जिल्ला फुटबल टिकमा आबद्ध रहेका छन् भने पुनम नेपाल आर्मीमा आबद्ध छिन् । अन्य ६ जना एपीएफमा आबद्ध रहेका छन् ।
टोलीमा रहेका रौतहटका नौ मध्यका दुई रेणुका र पुनम दिवङ्गत प्रशिक्षक शेर बहादुर दर्लामीका उत्पादन हुन् । यसै गरी, अन्य सात खेलाडीलाई यो उचाइ दिनुमा प्रशिक्षक नुरराज काफ्ले र चित्र बहादुर दर्लामीको महत्त्वपूर्ण योगदान रहेको छ ।
Comment