वादोरियो कराँते सङ्घद्वारा राहत वितरण

नेपाल वादोरियो कराँते डो सङ्घले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका प्रशिक्षक तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडीलाई शनिवार राहत वितरण गरेको छ । सङ्घले समस्यामा परेकालाई नगद, खाद्यान्न र स्वास्थ्य सामाग्री राहत स्वरूप वितरण गरेको हो ।
सबै मिलाएर ३ लाख ५० हजार बराबरको सहयोग वितरण गरिएको वादोरियो कराँते सङ्घले कार्यक्रमका दौरान वितरण गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । त्यसमा सङ्घका पदाधिकारीबाट ७५ हजार ५ सय र बाँकी रकम २ लाख ७४ हजार ५ सय वादोरियो कराँते सङ्घका प्रमुख प्रशिक्षक समेत रहेका अध्यक्ष हरिशरण केसीले व्यक्तिगत रूपमा प्रायोजन गरेको विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक सहयोगमा कम्तीमा ५ हजारदेखि बढीमा ७० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइएको थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, अध्यक्ष केसीलगायतले सम्बन्धितलाई एक कार्यक्रमबिच राहत प्रदान गरे ।
Comment