सातदोबाटोको मेडिकल पार्टनर स्टार हस्पिटल

सातदोबाटोको मेडिकल पार्टनर स्टार हस्पिटल
आसन्न ए डिभिजन लिगको तयारीमा रहेको सातदोबाटो यूथ क्लबले मेडिकल पार्टनरको रूपमा स्टार हस्पिटललाई पाएको छ । सोमबार क्लबका अध्यक्ष कपिल राना मगर र हस्पिटलका अध्यक्ष किशोर महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार हस्पिटलले क्लबलाई स्वास्थ्य सहुलियत उपलब्ध गराउने छ भने क्लबले हस्पिटलको प्रचार प्रसारमा सहयोग गर्ने छ । सम्झौता कार्यक्रममा हस्पिटलका मेडिकल डाइरेक्टर डा. साइँला रुपाखेती,क्लब महासचिव सुनिल विष्ट, सचिव सचिव रविन खड्का र मेनेजर विनोद राई लगायतको उपस्थिति थियो ।
गत वर्ष पहिलो पटक ए डिभिजनमा प्रवेश गरेको सातदोबाटो ठुलो उत्साहका साथ तयारीमा जुटेको छ ।
Comment