इन्डो–नेपाल मैत्रीमोटर¥यालीको पहिलो चरण सम्पन्न

mtor rally

‘फर नेचर, एडभेन्चर एन्डकल्चर’ भन्ने नाराका साथगत फेब्रुअरीमा उडिसाको जगन्नाथ पुरीबाट सुरु भएको इन्डो–नेपाल मैत्रीमोटर ¥यालीको पहिलो चरण धुलीखेलमा आएर मंगलबार अबेर राती सम्पन्न भएको छ ।    नेपाल अटोमोबाइल्स स्पोर्ट्स एसोसिएसन (नासा) तथा भारतको कालिङगा मोटर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ¥यालीको दोश्रो चरण बिहीबार बिहान राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणबाट सुरु हुँदैछ । उडिसाको भुवनेश्वर, झारखण्डको राँची, पटना, जोगबनीहुँदै नेपालप्रवेश गरेको ¥याली विराटनगर, धरान, बर्दिवास, सिन्धुलीहुँदै धुलिखेल आइपुगेकोहो । दोश्रो चरणको ¥यालीपोखरा, लुम्बिनी, धनगढीहुँदै भारतको नयाँदिल्लीमा रहेको इन्डिया गेटमा पुगेपछि मार्च ८ तारिखमा विधिवत् सम्पन्न हुनेछ ।
२५ गाढीमा चालक, नेभिगेटर, मेकानिक्स तथा मिडियाकर्मी गरी ८३ सदस्यीय ¥याली टोलीलाई नेपालको तर्फबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले स्वागत गरेका थिए ।
सदस्य–सचिव लामाले यस प्रकारको ¥यालीले दुई देश बीचको पुरानो सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउने धारणा व्यक्त गर्दै नेपाल साहसिक खेलको उत्तम गन्तब्य भएको बताए । तेश्रो पर्वतीय खेलकुद महोत्सवका सन्दर्भमा सञ्चलित सो ¥यालीले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने नासाले जनाएको छ ।

Comment