रहेनन् राजेश हरि जोशी

नेपाल बुद्धिचाल सङ्घका पूर्व अध्यक्ष तथा फिडे इथीक कमिटीका सदस्य राजेश हरि जोशीको निधन भएको छ । आइतबार बेलुका हृदयाघातका कारण जोशीको निधन भएको जनाइएको छ ।
दुई कार्यकाल नेपाल चेस सङ्घका अध्यक्ष राजेश हरिको कार्यकालमा केही महत्त्वपूर्ण गतिविधि भएका थिए । उनको कार्यकालमा नेपालमा पहिलो पटक दक्षिण एसियाली एमच्योर तथा एसियन जोनल चेस च्याम्पियनसिप आयोजना भएको थियो। उनकै कार्यकालमा नेपालमा पहिलो पटक फिडे आर्बीटर सेमिनार तथा फिडे ट्रेनर सेमिनार आयोजना भएको थियो 
जोशीको निधनले नपाली चेसमा ठुला अपूरणीय क्षति भएको भन्दै खेलाडी , प्राविधिक र प्रशिक्षकले दुख व्यक्त गरेका छन् ।
Comment