जोर्डनसँग नेपालको हार 

फिफा विश्वकप–२०२२ को छनौट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा सोमबार राति सकिएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको हो ।
जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गर्दा याजन अल अरबले एक गोल गरे । नेपाल पहिलो हाफमा एक गोलले पछि परेको थियो ।
जितसँगै समूह ‘बी’ को जोर्डनले ६ खेलमा १३ अङ्क जोडेको छ । जोर्डन अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
नेपाल ७ खेलमा ६ अङ्कका साथ चौथो स्थानमा रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग शुक्रवार खेल्नेछ ।
Comment