निकेनलाई उपाधि

ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताको सोह्रौँ देखि बिसौँ स्थानमा धन बहादुर वोगटि, यम कुमार कार्की, कृष्ण थापा, आशिष् फूयाल र दीर्घ राज जोशीले समेत नगद पुरस्कार हात पार्न सफल भएका छन्। महिला तर्फ ६.५ अं कका साथ पहिला हुँदै वर्तमान नेपाल च्याम्पियन सुजना लोहनीले पनि आफ्नो उत्कृष्ट उपस्थिति जनाएका छन् भने रीया श्रेष्ठ द्वितीय र इन्दिरा वस्ति तेस्रो बने।
प्रतियोगिताको उत्कृष्ट ३१ जना खेलाडीहरूलाई आठ हजार पाँच सय पुरस्कार प्रायोजन गरेका बुद्धिचाल सङ्घका नि वर्तमान अध्यक्ष राजेश हरी जोशीकै कार्यकालमा कोषाध्यक्षको भूमिका निर्वाह गरेका स्वर्गीय श्रेष्ठको सम्झनामा चलेको खेलमा अन्डर १८०० अन्तर्गत मुथगानी, दिल्ली, प्रदीप साहु र १६५० मुनिमा मन्त आचार्य, रुशन, सिड भण्डारी क्रमशः पहिला दोस्रो तेस्रो बन्न सफल भएका छन्। त्यस्तै भेट्रान तर्फ हेराकाजि महर्जन, लव कुमार श्रेष्ठ, सिंदेश्वर दास क्रमशः पहिला दोस्रो तेस्रो हुन सफल भएका छन्।