करातेकर्मीे लिम्बुको निधन 

नेपाल गोजरियो ओशीकाइ कराँते सङ्घका अध्यक्ष नेत्र लिम्बुको निधन भएको छ । जीलेट उच्चा मावि तथा कलेजका प्रधान अध्यापक समेत रहेका लिम्बुको शनिवार निधन भएको सङ्घका महासचिव ओमकृष्ण प्रसाईँले जानकारी दिए ।
लिम्बुको विगत केही दिन यता मनमोहन मेमारियल सामुदायिक अस्पतालका उपचार भइरहेको थियो ।
लिम्बुको निधनले नेपाली खेल क्षेत्र र शिक्षा क्षेत्रका लागि अपूरणीय क्षति भएकोमा थुप्रै खेलकर्मीहरूले दुख व्यक्त गरेका छन् ।
Comment