काठमाडौँलाई उपाधि,बुटवल लुम्बिनी अनुशासित टोली

मेसु ओके ओकेओलेले २१ औ मिनेटमा गरेको गोलमा धनगढी एफसी लाई १–०ले हराउँदै काठमाडौँ रेजर्स प्रथम खुकुरी एनएसएलको उपाधि जित्न सफल भएको छ । विजयी टोलीका फ्लोरेन्ट काउरा सुपर प्लेयर अफ द म्याच भए भने राजन गुरुङ इमर्जिङ प्लेयर घोषित भए ।
धनगढीका गोलरक्षक किरण चेम्जोङ प्रतियोगिताका उत्कृष्ट गोलरक्षक घोषित भए । धनगढीकै दिनेश राजवंशी उत्कृष्ट रक्षक भए भने मेसु ओके उत्कृष्ट मिडफील्डर भए । यसै गरी,ललितपुरका अञ्जन विष्ट उत्कृष्ट फरवार्ड तथा उपाधि विजेता टोलीका बाल गोपाल महर्जन उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताका इमर्जिङ प्लेयर काठमाडौँका विश्वास श्रेष्ठ भए । बुटवल लुम्बिनी एफसीले अनुशासित टोलीको पुरस्कार पायो ।
Comment