फेरी नवयुगकै गोलमा पोखराको कमब्याक


८५ औ मिनेटमा खेलमा देखिएको नाटकीय मोडले पोखरा खेलमा फर्किएको थियो । चितवनका गोलरक्षक विशाल सुनारले डी बक्स बाहिर बल हातले छाए पछि उनले रातो कार्ड पाएका थिए । यस पछि चितवनले इलसाद समानलाई मैदान बाहिर पठाउँदै वैकल्पिक गोलरक्षक विश्वास चौधरी मैदान प्रवेश गरेका थिए ।

फ्रिकीकमा वाल राख्न गल्ती गरे पछि नवयुगले त्यसको फाइदा उठाउँदै पहिलो बारमा घुमाउरो प्रहार गर्दै गोल गरे । ६ मिनेट थपिएको इन्जुरी समयमा राफेल रिमगाओले निर्णायक गोल गर्दै पोखरालाई जित दिलाए । राफेलको गोल अघि पोखराले प्रतियोगितामा जम्मा दुई गोल मात्र गरेको थियो । ती दुवै गोल नवयुगको नाममा थियो ।

जित पछि पोखरा ६ खेलबाट पोखराका रवि पासवान सुपर प्लेयर अफ द म्याच भए भने चितवनका शिशिर लेखी इमर्जिङ प्लेयर भए ।
