दर्शनको उत्कृष्ट गोलमा धनगढीको जित
Manoj Shiama
5 May, 2021 9:25 pm

दर्शन गुरुङको उत्कृष्ट गोल सहित पोखरा थन्डर्सलाई १–० ले हराउँदै धनगढीले खुकुरी एनएसएलमा अग्रतालाई अझ बलियो बनाएको छ ।
खेलमा अधिक समय हाबी भएको पोखराको विरुद्धमा दर्शनले ६८ औ मिनेटमा लामो दुरीबाट उत्कृष्ट गोल गरेका हुन् ।

पाँच खेलमा धनगढी १० अङ्क सहित शीर्ष स्थानमा रहेको छ । धनगढी शीर्ष दुईमा रहँदै प्ले अफ खेल्ने सम्भावना प्रबल बनेको छ ।