विराटनगर शीर्ष स्थानमा

विराटनगर सिटी एफसी खुकुरी एनएसएलको अङ्क तालीकाको शीर्ष स्थानमा उक्लेको छ  । विराटनगरले सोमबार भएको खेलमा चितवन एफसीलाई २–० ले हराएको हो । विराटनगरका लागि पेड्रो मान्जी र सन्तोष तामाङले गोल गरे ।
७३ औ मिनेटमा मान्जीले सानदार गोल गरे भने ८९ औ मिनेटमा तामाङले गरेको गोल पनि त्यत्तिकै स्तरीय थियो ।
अङ्क तालीकामा विराटनगरको चार खेलबाट सात अङ्क छ । यसै गरी, गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको धनगढी एफसीको पनि ४ खेलबाट ७ अङ्क नै छ । चार खेलबाट दुई अङ्क मात्र जोडेको चितवन पुछारमा रहेको छ ।
Comment