ललितपुर सिटीमा पिटर सेगुन

 ललितपुर सिटी एफसीेले नाईजेरियन खेलाडी पिटर सेगुनलाई टिममा आबद्ध गरेको छ । नेपालको घरेलु लिगमा लामो समयदेखि आबद्ध पिटरलाई नेपाल सुपर लिगको पहिलो सिजनका लागि अनुबन्धन गरेको क्लबले जानकारी गराएको छ ।
पिटरले पछिल्लो पटक मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । उनी नेपालको दुई फरक क्लबबाट लिग च्याम्पियन बनेका खेलाडी हुन् । ललितपुरले विदेशी खेलाडीको रूपमा क्रोएसियाका भिलिम पोनिस्कोभिक र अजरवैजानका नुर्लान जाहिद नोभ्रुजोभलाई टिममा आबद्ध गरिसकेको छ ।
Comment