बुद्धिचाल साधारण सभा असारमा

नेपाल बुद्धिचाल सङ्घको साधारण सभा आगामी असार महिनाको ११ र १२ गते काठमाडौँमा तय भएको छ । यस चुनावी साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ । यसै साता काठमाडौँमा बसेको कार्यसमितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । बुद्धिचाल सङ्घको कार्य समिति पदावधि एक वर्ष अघि नै सकिएको हो ।
साधारण सभाका लागि प्रत्येक जिल्ला सङ्घले जिल्ला नेतृत्व र केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि चयन गरी सकेका छन् । यसै गरी सबै प्रदेशले पनि आफ्नो नेतृत्व चयन गरी सकेका छन् ।
Comment