कीर्तिमानी खेलाडी संगिना राष्ट्रपतिद्वारा प्रबल जनसेवा श्री पदकबाट विभूषित
Manoj Shiama
14 April, 2021 12:05 pm
तेक्वान्दोमा खेलाडी तथा प्रशिक्षकको रूपमा उत्तिकै सफल खेलाडी संगिना वैद्य प्रबल जनसेवा श्री चतुर्थ पदकबाट विभुसित भएकी छिन् । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधवार उनी विभूषित भएकी हुन् ।सन् १९९६ मा तेक्वान्दोकी एसियाली च्याम्पियन तथा हाल राष्ट्रिय टोलीकी प्रशिक्षक रहेकी संगिनालाई नेपाली खेलकुदमा अतुलनीय योगदान गरे बापत विभूषित गरिएको हो । खेलाडीको रूपमा ओलम्पिक छनोट हुने पहिलो खेलाडीको कीर्तिमान कायम गरेकी उनले लगातार दुई पदक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक पनि जितेकी थिइन् । लगातार १५ वर्ष भन्दा बढी समय नेपाली तेक्वान्दोमा अपराजेय रहेकी उनले कोलम्बोमा भएको १० औ दक्षिण एसियाली खेलकुद पछि आफूलाई प्रशिक्षण तर्फ केन्द्रित गरेकी थिइन् । उनी लगातार दुई पटक दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीकी प्रशिक्षक थिइन् ।