‘सबै विषयमा बहस गर्ने समय आएको छ ’ उपाध्याय

ओम प्रकाश उपाध्याय, चेसका अन्तर्राष्ट्रिय आर्बीटर । नेपाली चेसमा उनको उपस्थिति २ दशक हुन लागेको छ । पछिल्लो समय उनको सक्रियता भने एकदमै बढ्दो छ । त्यसो त १५ औ राष्ट्रिय च्याम्पियनसिप देखि उनी लगातार राष्ट्रिय च्याम्पियनसिपमा सक्रिय छन् । यसै गरी, नेपालमा भएको दुवै एसियन जोनल चेस प्रतियोगितामा आर्बीटर रहेका उनी प्रशासकीय रूपमा पनि सक्रिय छन् ।
हाल गण्डकी प्रदेश चेस सङ्घका उपाध्यक्ष उनी पहिलो प्रशासकीय जिम्मेवारी पाउने क्रममा ६० को दशक सुरु हुनु भन्दा अघि नै नवलपरासी जिल्ला बुद्धिचाल सङ्घका सचिव भएका थिए । केन्द्रीय कार्यसमितिमा अहिले सम्म नरहनुमा ओम आफ्नो प्रस्ट बोल्ने आदत धेरैका लागि अपाच्य भएको बताउँछन् ।
चेस सङ्घमा राजनीतिकरण भएको बाहिरी आरोपका बारे उनी राजनीति करण भन्दा व्यक्तीकरण भएको बताउँछन् । सिस्टमले सबै कुराको निर्णय हुने भए ठिक हुने भए पनि व्यक्तिवादी चरित्र हाबी भएको उनको गुनासो छ ।
विगतमा जे जस्ता घटना भए पवि बिस्तारै सबै कुरा ठिक हुने कुरामा उनी आशावादी छन् । विगतमा भएका विषयलाई बिर्सँदै नयाँ ढङ्गले अघि बढ्नु पर्ने उनको मत छ । यी सबै विषयमा बहस गर्ने उपयुक्त समय सुरु भएको उनको मत छ । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर बहस गर्दा सबै ठिक हुने उनको ठहर छ ।
Comment